जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुल्यो

प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुल्यो

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना खुलाएको छ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना–छनोट शाखाले जारी गरेको सूचनाअनुसार एक लाख ३३ हजार ९८० जनालाई निर्वाचन प्रहरीका रूपमा आवश्यक पर्नेछ।

भर्नाका लागि इच्छुक व्यक्तिले यही पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन्। सूचनामा बिदाको दिन पनि आवेदन दिने व्यवस्था गरिएको उल्लेख छ।

धेरै टिप्पणी गरिएका