जोडिनुहोस
  • होमपेज
  • गगन थापाद्वारा पेश समसामायिक राजनीतिक प्रस्ताव

गगन थापाद्वारा पेश समसामायिक राजनीतिक प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन दोस्रो दिन प्रवेश गर्दै बन्दसत्रमा पञ्चिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा सुरु भएको महाधिवेशनको दोस्रो दिन भृकुटीमण्डपमा आयोजित बन्दसत्रमा विशेष महाधिवेशन कार्यविधि, २०८२ पारित गरिएको छ।

कार्यविधि पारित भएलगत्तै महामन्त्री गगन थापाले समसामायिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्। प्रस्तुत राजनीतिक प्रस्तावमा पार्टीको आन्तरिक संगठन, नेतृत्व संरचना, आगामी निर्वाचन रणनीति, युवा सहभागिता र समसामयिक राजनीतिक परिस्थितिलाई समेट्ने विषयहरू समावेश छन्।

गगन थापाको प्रस्ताव राजनीतिक रूपले पार्टीको भावी दिशाबारे व्यापक बहस र सहमति जुटाउने उद्देश्य राखिएको बताइएको छ। बन्दसत्रमा प्रस्तावबारे उपस्थित सदस्यहरूले सुझाव र छलफलमार्फत आगामी निर्णयको ढाँचा तयार गर्ने तयारी गरेका छन्।

महाधिवेशन स्रोतका अनुसार प्रस्तावको पूर्णपाठ उपस्थित प्रतिनिधिहरूलाई वितरण गरिएको छ र आगामी दिनमा यसलाई अनुमोदन प्रक्रियामा लैजान थप छलफल हुने जानकारी प्राप्त भएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options