जोडिनुहोस
  • होमपेज
  • वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गरिने बताएका छन् ।

आइतबार काठमाडौंको वीर अस्पतालको अनुगमनका क्रममा बिरामी र बिरामीका आफन्तहरूको गुनासो सुन्दै मन्त्री मेहताले उपचार गर्न आउने आफैले डिजिटल रुपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गर्न लागिएको बताएकी हुन् ।

अस्पतालमा उपचार गर्न आएकाले स्वास्थ्य परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा समस्यामा पर्ने गरेको गुनासो गरेका थिए । अस्पताल प्रशासनले भने दैनिक ५ हजारको संख्यामा बिरामीले बहिरंग सेवा लिने गरेकाले रिपोर्ट आउन ढिलाइ भएको जनाएको छ ।

मन्त्री मेहताले स्वास्थ्य परीक्षणको रिपोर्ट लिन अव अस्पताल आउन नपर्ने गरी छिटै व्यवस्था गरिने उल्लेख गरिन् ।

साथै उनले अस्पतालमा उपचार गर्न आउनेलाई बाहिर औषधी किन्नुपर्ने अवस्था आउन नदिन अस्पताल प्रशासनको ध्यानाकर्षण समेत गराइन् ।

अस्पतालको अनुगमनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारको योजनाहरू छिटै सार्वजनिक गरिने जानकारी दिइन् ।

सरकारको निर्देशनपछि सार्वजनिक बिदाको दिन आइतबार पनि अस्पतालहरूमा बहिरंग सेवा सञ्चालन गरिएको छ ।