जोडिनुहोस
  • होमपेज
  • आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः समय राम्रो छ । बोलीमा सरस्वती बसेकाले सबैले प्रशंसा गर्नेछन् । बोल्दा ख्याल गर्नुपर्छ । शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन् । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । परिवारमा भने विश्वासको अभाव देखिन्छ ।

वृषः दिन राम्रो छ । आम्दानी हुने दिन छ । पूर्वको यात्रा गरेमा अचानक धन खर्च हुनेछ । परिवारको साथमा हुने भएकाले दिन रमाइलोसँग बित्नेछ । प्रेमीसँग भेट हुनेछ ।

मिथुनः शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । आर्थिक उन्नति हुनेछ । मानसिक खटपटीले आफूलाई घाटा गर्नेछ । पारिवारिक मेलमिलाप हुनेछ।

कर्कटः दैनिकी सामान्य छ । गुमेको धन र हराएका साथी भेटिने योग रहेको छ । खुट्टा तान्ने सक्रिय रहेकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ । आजको दिन विचार पुर्याएर आफूलाई सुरक्षित राख्नु राम्रो हुन्छ ।

सिंहः समय राम्रो छ । स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्र सबल देखिन्छ । पेट सम्बन्धी समस्या देखिन सक्छ । परिवारको साथ मिल्नेछ ।

कन्याः समय राम्रो छ । हरेक क्षेत्र सबल छन् । स्वदेशमै विकल्प देख्न सकिन्छ । परिवारमा भने विश्वासको अभाव हुनेछ । गणेशको दर्शन गरेमा दिन अझ सहज हुनेछ ।

तुलाः हरेक क्षेत्र अब्बल छन् । आज परोपकार गर्नु राम्रो हुन्छ । धेरै मानिसले तपाईंको प्रतिक्षा गर्नेछन् । पारिवारिक शुत्रबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ ।

वृश्चिकः दिन सामान्य छ । ठुलो काममा हात नहाल्नु राम्रो हुन्छ । हरेक क्षेत्रमा आरोप प्रत्यारोप र विरोधका स्वर सुन्न सकिन्छ । परिवारको साथ र सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ ।

धनुः कामको प्रशंसा हुनेछ । शिक्षामा सफलता मिल्नेछ । बोलीको प्रभाव देखिने योग रहेको छ । विचार गरेर बोल्नु राम्रो हुन्छ ।

मकरः समय सामान्य छ । हरेक क्षेत्र विवादित रहे पनि शिक्षामा गरेको लगानी र श्रमबाट लाभ प्राप्त हुनेछ । परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भः समय राम्रो छ । कर्मको फल मिल्नेछ । तपाईंलाई न्याय हुनेछ । पन्छीलाई दाना दिनु राम्रो हुन्छ । परिवारको साथ मिल्नेछ ।

मीनः दैनिकी राम्रो छ । अचानक धन खर्च हुने भए पनि धर्म र समाजसेवामा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रमा भइरहेको प्रयास सफल हुनेछ । परिवारमा खटपटी हुनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका