जोडिनुहोस

हालको खबर

  • होमपेज
  • ‘स्वस्थ जीवनका लागि सुमधुर संगीत’ कार्यक्रमसँगै बाथरोग जागरण अभियान सुरु

‘स्वस्थ जीवनका लागि सुमधुर संगीत’ कार्यक्रमसँगै बाथरोग जागरण अभियान सुरु

काठमाडौं — नेशनल बाथरोग सेन्टर र बद्री तिर्थ आरथ्राईटिस समाजको संयुक्त पहलमा बाथरोगसम्बन्धी जनचेतना फैलाउने अभियान सुरु भएको छ। “स्वस्थ जीवनका लागि सुमधुर संगीत” भन्ने नाराका साथ राजधानीका विभिन्न टोल–टोलमा सांगीतिक कार्यक्रम, फोटो प्रदर्शनी र निःशुल्क बाथरोग परीक्षण आयोजना गरिएको छ।

कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिका–८ का वडा अध्यक्ष आशामान संगतले गर्नु भएको थियो। उहाँले स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्दै जनचेतना फैलाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, नेपाल जेष्ठ प्राध्यापक समाजले विशिष्ट योगदान दिने प्राध्यापकहरुलाई सम्मान गरेको छ। गणित विज्ञानमा नेपाली महिला प्राध्यापक धनकुमारी थापा र जयश्री मल्ल अमात्यलाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ।

सेंटरका प्रबन्ध निर्देशक रोशन कक्षपतीले अभियानमार्फत बाथरोग रोकथाम र सचेतना फैलाउने कार्यक्रम निरन्तर सञ्चालन हुने जानकारी दिनुभयो। सहभागीहरूले यस पहललाई सराहनीय ठहर गर्दै जनस्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने अभियानको समर्थन गरेका छन्।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका