जोडिनुहोस
  • होमपेज
  • कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाइ तथा शुभकामना दिएकी छिन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै पार्टी नफुटेको भन्दै कांग्रेसमा जनचाहना बमोजिम परिवर्तन आएको उल्लेख गरेकी छिन् ।

उनले भनेकी छन् , ‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनुभएको छ, म बधाई दिन चाहन्छु ।´

उहाँले वीपीको विचार र गिरिजाप्रसाद कोइरालाको संगठनलाई नबिर्सेर अघि बढ्न सुझाव दिँदै कांग्रेसलाई राम्रो बनाउँदै देशको उन्नतीमा लाग्दा नेपाली कांग्रेससहित सम्पूर्ण जनताले मान्ने दाबी गर्नुभयो ।

कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको व्याख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गरेकी छिन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका