
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता तथा समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाएकी छन्।
बैठक आइतबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्ने उद्देश्यले सरोकारवाला निकायबीच विचार–विमर्श गर्न बैठक आयोजना गर्न लागिएको जनाइएको छ।
आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारी दर्ताको कार्यसूची तय गरिएको छ। तर राजनीतिक दलहरूले उम्मेदवार चयनमा आन्तरिक व्यवस्थापन गर्न कठिनाइ भएको जनाउँदै उम्मेदवारी दर्ताको मिति केही दिन सार्न निर्वाचन आयोगसँग अनुरोध गरिरहेका छन्।





































