कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर–४ दोदा नदीमा रहेको झुलङ्गे पुल जोखिममा परेको छ।
उक्त पुल अविरल वर्षा र नदी कटानका कारण जोखिममा परेको हो। गत वर्ष एम आर ई डी परियोजनाद्वारा निर्माण गरिएको जैविक तटबन्ध एक चोटीको बाढीले नै भत्काई दिएको छ।
नदीले कटान गर्दै आइरहेकोले यसको विकल्प स्थानीय सरकारले नसोचे यो पुल भत्किने स्थानीयहरुले बताएका छन् ।
स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारकाले यसको तुरुन्त अनुगमन गर्नुपर्ने र पुललाई कसरी सुरक्षित राख्न सकिन्छ त्यस तर्फ पहल गर्नुपर्ने स्थानीयको भनाई छ।