जोडिनुहोस
  • होमपेज
  • संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौती छ अध्यक्ष नेपाल

संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौती छ अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौती रहेको बताएका छन् ।बुधबार काठमाडौंमा नेपाल रिटर्नी एसोसियसनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, संविधानमा समाजवाद स्थापना, भेदभाव, अन्यायको अन्त्य लगायतका सबै विषय समेटिएपनि संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौती रहेको छ । नेपाली विशेषताको समाजवाद स्थापनाका लागि योजनाबद्ध रूपमा अघि बढ्ने, मौलिक हक जनतामा प्रदान गर्ने कुरामा निकै समस्या देखिएको उनले बताए । अध्यक्ष नेपालले बजेटमा रोजगारीसम्बन्धी कार्यक्रम राखे पनि वास्तविक रूपमा कार्यान्वयन हुन नसकेको धारणा राखे । संविधानमा उल्लेख गरेका कुराहरूलाई व्यवहारमा लागु गर्नका लागि सरकारलाई आह्वान गर्दै सरकारका राम्रा कामलाई सदैव साथ दिने जिकिर गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help