समाचार
अफगानिस्तानमा ४ करोड १० लाख मानिसहरू गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको विश्व खाद्य कार्यक्रमको भनाई
0 टिप्पणी
काबुल— संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफगानिस्तान १० राष्ट्रहरू मध्ये एक हो जहाँ लगभग २० लाख मानिसहरू गम्भीर खाद्य असुरक्षाबाट पीडित रहेको बताएको छ ।
अफगानिस्तानमा कम्तिमा ४ करोड १० लाख मानिसहरू डरलाग्दो स्तरमा गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको खामा प्रेसले रिपोर्ट गरेको छ।
डब्लुएफपीले जारी गरेको विज्ञप्ति अनुसार अफगानिस्तान १० राष्ट्रहरूमध्ये एक हो जहाँ १ करोड ९९ लाख मानिसहरू पर्याप्त खानाको पहुँचबाट वञ्चित छन्।
खाद्यान्न आवश्यक पर्ने झण्डै ७० प्रतिशत जनता प्रजातान्त्रिक गणतन्त्र कंगो, नाइजेरिया, सुडान, इथियोपिया, अफगानिस्तान, यमन, बंगलादेश, पाकिस्तान, दक्षिण सुडान र सोमालियालगायत राष्ट्रहरूमा रहेको डब्लुएफपीको अध्ययनलाई उद्दृत गर्दै खामा प्रेसले उल्लेख गरेको छ।