काठमाडौं । सिंहदरबारभित्र १५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद भवनको संसदको पूर्वाधार विकास समितिले अवलोकन गरेको छ । सोमबार समितिका सदस्यहरुले निर्माणाधीन संसद भवनको अवलोकन गरेका हुन् ।
२०७६ साल असोज १६ गते टुन्डी सेक ज्वइन्ट भेन्चरले सो भवन निर्माणका लागि सरकारसँग सम्झौता गरेको थियो । उक्त भवन निर्माणका लागि स्वीकृत लागत अनुमानित ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।