जोडिनुहोस
  • होमपेज
  • युवापुस्तालाई नैतिक शिक्षा पढाउन आवश्यक मन्त्री शर्मा

युवापुस्तालाई नैतिक शिक्षा पढाउन आवश्यक  मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको महत्व बढ्दै गएको बताएकी छिन् । दाङको घोराही उपमहानगरपालिका–१५ मा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले आज घोराहीमा आयोजना गरेको विजया दशमीको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकलाई दिउँसोको समयमा भेटघाट गराउने माध्यम दिवा सेवा केन्द्र बनेको बताएकी हुन् ।

कतिपय अवस्थामा कामको व्यस्तता र जिम्मेवारीका कारण एउटै परिवार पनि छुट्टिएर बस्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री शर्माले ज्येष्ठ नागरिक एक्लिरहेको बताइन् । घोराहीमा विगत केही वर्षदेखि सञ्चालनमा आएको दिवा सेवा केन्द्र अत्यन्त उपयुक्त रहेको भन्दै उनले यसलाई देशका अन्य सहरी क्षेत्रहरुमा विस्तार गर्न आवश्यक रहेको बताइन् । ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भएपनि पछिल्लो समय कतिपय ठाउँमा विभेद गरेका, वृद्ध आश्रममा लगेर छोडेका घटना आउने गरेको भन्दै मन्त्री शर्माले त्यस्ता घटनालाई रोक्नका लागि पनि दिवा सेवा केन्द्रले सहयोग पुर्‍याउने बताइन् ।

यसका लागि आधारभूत सेवासहितका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको भन्दै मन्त्री शर्माले आगामी बजेटमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्राथमिकतामा राख्ने बताएकी छिन् । उनले अब बन्ने दिवा सेवा केन्द्रलाई भेटघाट गर्ने थलोसँगै ज्येष्ठ नागरिकको शारीरिक र मानसिक उपचार गर्ने स्थलका रुपमा विकास गरिनुपर्ने बताइन् । मन्त्री शर्माले सरकार ज्येष्ठ नागरिकको अधिकार रक्षा र सुविधा दिन प्रतिबद्ध रहेको बताइन् ।

पछिल्लो पुस्तामा अभिभावकको कर्तव्य पालना गर्नमा समस्या देखिने क्रम बढेको भन्दै उनले युवापुस्तामा नैतिक शिक्षा र अभिभावकप्रतिको जिम्मेवारी बोध गराउन राज्यका सवै निकायले ध्यान दिनुपर्ने बताइन् । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकले दिवा सेवा केन्द्रको पूर्वाधार विकासमा ध्यान दिन र आवश्यक बजेट व्यवस्था गर्न माग गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help