जोडिनुहोस
  • होमपेज
  • नेपाल भन्छन्( समाजवादी मोर्चा बनेपछि कतिपय पार्टीको सातो गयो

नेपाल भन्छन्( समाजवादी मोर्चा बनेपछि कतिपय पार्टीको सातो गयो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चार दल एक भएर समाजवादी मोर्चा बनेपछि देशमा तरङ्गित भएको दाबी गरेका छन् ।

उनले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले मोर्चा बनाइएको बताउँदै त्यसले कतिपय पार्टीको सातो गएको समेत बताए ।

‘चार दल एकतावद्ध भएपछि देशमा तरंग पैदा गरेको छ,’ समाजवादी मोर्चाले धनगढीमा गरेको कार्यक्रममा नेपालले भने, ‘कतिपय पार्टीको झण्डै सातो गएको छ ।’

आफूहरुले एकअर्काको विचारको सम्मान गर्ने भएकाले कोही पनि मोर्चाबाट डराउन नपर्ने उनले बताए ।

नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि कम्युनिस्ट भएको दाबी गरे । ‘उपेन्द्रजी पनि खाँटी कम्युनिस्ट हो, यो देशका पुरानो कम्युनिस्ट नै हुन्,’ नेपालले दाबी गरे ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help