जोडिनुहोस
  • होमपेज
  • लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु

लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु

पोखरा– पृथ्वी राजमार्ग सडक खण्डको पोखरा-३२, लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको माइक्रोबस दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन सकेको छैन । जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी प्रमुख इन्सपेक्टर शोभा पाण्डेका अनुसार दुर्घटनामा चालक सहित ८ जना घाइते भएको भएका छन् । घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामा ३ जनाको मृत्यु भएको हो ।

बाँकी घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?