जोडिनुहोस
  • होमपेज
  • ईसेवाको ओटीपी मागेर १५ लाख ठगी गर्ने गिरोह पक्राउ

ईसेवाको ओटीपी मागेर १५ लाख ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका नवनितकुमार कुशवाहा, कन्हैयाकुमार कुशवाहा, दिपेन्द्रकुमार यादव, अभयकुमार यादव र रितेश कुशवाहा छन् ।

उनीहरुले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी आफू ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ओटीपी मागेर १५ लाख २० हजार ९०१ रुपैयाँ ठगी गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटका बिभिन्न स्थानबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको रेग्मीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help