जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानले कागजपत्रविहीन अफगान नागरिकहरूलाई छिटो फिर्ता गर्न खोल्यो थप सीमा नाका

पाकिस्तानले कागजपत्रविहीन अफगान नागरिकहरूलाई छिटो फिर्ता गर्न खोल्यो थप सीमा नाका

इस्लामावाद— पाकिस्तानले दशौं हजार गैरकानुनी अफगान नागरिकहरूलाई छिटो फिर्ता गर्न शुक्रबार थप सीमा नाका खोलेको पाकिस्तानको डन पत्रिकाले उल्लेख गरेको छ ।

खैबर जिल्लाका डेपुटी कमिश्नर अब्दुल नासिर खानले तोरखामको उत्तरपश्चिमी सीमा नाका खोलिएको छ जहाँ अधिकांश आप्रवासीहरू अफगानिस्तानमा पुनः प्रवेश गरिरहेका छन् । यस्तै, फर्किनेहरूको बढ्दो संख्यालाई पूरा गर्न सीमा नाका तीन गुणाले बढाइएको छ।

डनका अनुसार अफगानिस्तान पुगेकाहरूले पाकिस्तानबाट बाहिर निस्कनका लागि भोग्नुपरेको कठिनाइ र आफ्नो भविष्यको बारेमा अनिश्चितताको गुनासो गरे।

आफू खुद्रा व्यापार गर्ने चमनमा २२ वर्ष बसेको बताउने ५५ वर्षीय मोहम्मद इस्माइल रफीले भने, ‘हामीले पाकिस्तानको सीमामा तीन दिन बितायौं। हाम्रो अवस्था निकै खराब थियो।ू ूभगवानलाई धन्यवाद छ कि हामी हाम्रो देशमा फर्कियौं,’ ।

पाकिस्तानमा रहेको आफ्नो घर छोडेर आफ्ना १६ परिवारका सदस्य र सरसामानसहित सीमाको अर्को छेउमा रहेको अस्थायी टेन्ट गाउँमा पुग्न उनलाई ६ दिन लाग्यो।

रफीले पाकिस्तानी अधिकारीहरूले आफ्नो स्वदेश फिर्ताको प्रक्रियामा घुस लिएको आरोप लगाए। तर, पाकिस्तानी अधिकारीले भने आरोप अस्वीकार गर्दै आएका छन् । रफीले हेलमाण्ड प्रान्तमा आफ्नो पुर्खाको घरमा सर्नु अघि अस्थायी रूपमा बस्नको लागि कान्दाहारमा एउटा घर भाडामा लिएको डन पत्रिकाले उल्लेख गरेको छ ।

यसैबीच, तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भर्खरै अफगान शरणार्थीहरूलाई आश्रय दिने देशहरूलाई उनीहरूलाई जबरजस्ती निर्वासन नगर्न आह्वान गरेका छन् ।

पाकिस्तानको कार्यवाहक सरकारले अफगान शरणार्थीहरूलाई देश छाड्नका लागि अक्टोबर ३१ को अन्तिम मिति घोषणा गरेपछि यस्तो भएको हो। उक्त म्यादले झण्डै २० लाख अफगान शरणार्थीहरूलाई पाकिस्तान छोड्न वा उनीहरूलाई जबरजस्ती निर्वासनको सामना गर्नुपर्ने भनिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help