जोडिनुहोस
  • होमपेज
  • सविता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ को लागि छनौट

सविता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ को लागि छनौट

अटिजम भएका बालबालिकाबारे अभियान चलाइरहेकी सविता उप्रेती यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कारका लागि छनौट हुनुभएको छ ।

भारतीय मानव अधिकार परिषद्ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष उप्रेतीलाई प्रदान गर्न लागेको हो । परिषद्ले पुरस्कारमा छनौट भएकोबारे पत्र पठाएको र आउँदो डिसेम्बर १० मा पुरस्कार प्रदान गर्ने उप्रेतीले जानकारी दिनुभयो ।

अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत उप्रेतीलाइ पुरस्कारका लागि छनौट गरेको भारतीय मानव अधिकार परिषद्ले जनाएको छ । यो पुरस्कार मानव अधिकार परिषद्को सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो । उप्रेतीले १३ वर्षदेखि विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र स्थापना गरी अटिजम बालबालिकाहरुलाई पढाउँदै आउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances