जोडिनुहोस
  • होमपेज
  • ‘माटो र पानी, जीवनको थालनी’ भन्ने नाराका साथ विश्व माटो दिवस मनाइँदै

‘माटो र पानी, जीवनको थालनी’ भन्ने नाराका साथ विश्व माटो दिवस मनाइँदै

काठमाडौं – विश्व माटो दिवस आजदेखि मनाउन सुरु गरिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी ‘विश्व माटो दिवस २०२३’ मनाउन लागेको हो। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा। ध्रुव भट्टराईले यसपटक आजदेखि मङ्सिर १९ गतेसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको जानकारी दिए।

नार्कसहित राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको खाद्य तथा कृषि सङ्गठन (एफएओ), अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्रले संयुक्त रूपमा दिवस मनाउन लागेका हुन्। ​ एफएओको सिफारिसमा संयुक्त राष्ट्र सङ्घको ६८ औँ महासभाको निर्णय अनुसार सन् २०१३ डिसेम्बर ५ देखि यो दिवस मनाउन सुरु गरिएको हो।

नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको हो। दिवसका अवसरमा माटोको गुणस्तरका बारेमा प्रचारप्रसार, माटोको परीक्षणका बारेमा जानकारी गराउनुका साथै माटोको निःशुल्क जाँच शिविर तथा स्वच्छ माटोको आवश्यकतालगायतका विषयमा जानकारी गराइने कार्यक्रम छ।
माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्टका अनुसार दिवसको मुख्य कार्यक्रम मङ्सिर १९ गते मंगलबार हुने छ।

भूक्षय तथा अत्यधिक पानी परेका कारण वार्षिक प्रतिहेक्टर १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । त्यसमा पहाडमा मात्र २० देखि ३० टन माटो बग्ने गरेको छ । केन्द्रका प्रमुख विष्टका अनुसार १ दशमलब ४ एमएम माटोको माथिल्लो सतह बगेर जाने गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help