जोडिनुहोस
  • होमपेज
  • राष्ट्र बैंकको एक वर्षको नाफा ८७ अर्ब ६० करोड, २५ अर्ब सरकारलाई दिने

राष्ट्र बैंकको एक वर्षको नाफा ८७ अर्ब ६० करोड, २५ अर्ब सरकारलाई दिने

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मुनाफाबाट नेपाल सरकारलाई २५ अर्ब दिने भएको छ । आर्थिक वर्ष २०७९ र ८० को बाह्य लेखापरीक्षकबाट लेखापरीक्षण भएको वार्षिक प्रतिवेदन सञ्चालक समितिको बैठकले पारित गर्दै उक्त निर्णय गरेको हो ।

बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरुमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम २५ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

गत आर्थिक वर्षमा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार नाफा कमाएको राष्ट्र बैंकले विभिन्न कोषमा रकम छुट्याएर २५ अर्ब रुपैयाँ नेपाल सकारलाई हस्तान्तरण गर्ने भएको हो ।

आर्थिक वर्ष २०७८  र ७९ मा ६१ अर्ब ९८ करोड ७ लाख १३ हजार नाफा कमाएकोमा गत आर्थिक वर्षमा केन्द्रीय बैंकको नाफा पनि बढेको हो ।

आर्थिक वर्ष २०७९र८० मा नेपाल राष्ट्र बैंकको जम्मा खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा ८६।५७ प्रतिशतले वृद्धि भई ६६ अर्ब ९२ करोड ७१ लाख ३३ हजार कायम भएको छ । अब २०७८र७९ मा यस्तो आम्दानी ३५ अर्ब ८७ करोड २१ लाख ४७८ हजार थियो ।

राष्ट्र बैंकको खुद सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ९३ दशमलव ४९ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ३ दशमलव ६३ प्रतिशत र अन्य सञ्चालन आम्दानीको अंश २ दशमलव ८८ प्रतिशत रहेको छ । खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ८६ दशमलव ०९ प्रतिशतले वृद्धि भई ६२ अर्ब ५७ करोड २५ लाख ४८ हजार कायम भएको छ । विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी १९ दशमलव ७६ प्रतिशतले वृद्धि भई २ अर्ब ४३ करोड २६ लाख कायम भएको छ । त्यसैगरी, अन्य आम्दानी १ अर्व ९२ करोड १९ लाख ८३ हजार कायम भएको छ ।

आर्थिक वर्ष २०७९ र ८० को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन लाभरहानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ११२ दशमलव ८१ प्रतिशतले वृद्धि भई ६० अर्ब ४८ करोड २४ लाख ०१ हजार कायम भएको छ । यस्तो खुद आय आर्थिक वर्ष २०७८ र ७९ मा २८ अर्ब ४२ करोड ७ लाख ६८ हजार रहेको थियो ।

विदेशी विनिमय पुनर्मूल्यांकन लाभ १० अर्ब ९० लाख २९ हजार र सुन चाँदीको पुनर्मूल्यांकन लाभ १७ अर्ब ११ करोड २३ लाख १५ हजार सहित कुल नाफा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार पुगेको केन्द्रीय बैकले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help