जोडिनुहोस
  • होमपेज
  • माल्टा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

माल्टा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको हिमा गाउपालीका ५ घर भइ हाल काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाही रहेका छन् ।

धर्मेन्द्रले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक एक लाख दश हजार रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी सात लाख पाँच हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार ललितपुर महानगरपालिका ४ जावलाखेलबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help