जोडिनुहोस
  • होमपेज
  • भारतीय फिल्म ‘सालार’ मा गीत गाउँदै मेनुका पौडेल

भारतीय फिल्म ‘सालार’ मा गीत गाउँदै मेनुका पौडेल

गायन रियालिटी शो ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले चर्चित भारतीय फिल्म ‘सालार’ मा गीत गाउने मौका पाएकी छिन् ।

हिजो प्रसारित भएको एपिसोडमार्फत उनले ‘सालार’ फिल्मका सङ्गीतकार रवि बसरुरको सङ्गीतमा आफूले गीत गाउने मौका पाएको जानकारी दिएकी हुन् ।

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रभाषको अभिनय रहेको फिल्म सालारका निर्माता प्रशान्त निलले मेनुकालाई गीत गाउने अवसर प्रदान गरेका हुन् ।

उनले यो अवसरलाई आफ्नो गायन क्षेत्रको ‘टर्निङ प्वाइन्ट’ रुपमा लिएको बताएकी छिन् । मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help