जोडिनुहोस
  • होमपेज
  • संस्कृतिमन्त्री किरातीले विवादास्पद अभिव्यक्ति दिएस बर्खास्त गरेर कारबाही गरियोस् राप्रपा

संस्कृतिमन्त्री किरातीले विवादास्पद अभिव्यक्ति दिएस बर्खास्त गरेर कारबाही गरियोस् राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मसँग सम्बन्धित विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनलाई मन्त्रीबाट बर्खास्त गरेर कारबाही गर्न माग गरेको छ । बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री किरातीले ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो र क्रिश्चियनको विरोध गर्नेलाई हतकडी लगाउने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर राप्रपाले मन्त्री किरातीलाई बर्खास्त गरेर कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ गठबन्धनको ध्यानाकर्षण गराएको हो ।

सामाजिक सञ्जालमार्फत राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हिन्दू धर्म, हिन्दू संवेदनामाथि अशोभनीय र अमर्यादित टिप्पणी गर्ने मन्त्री सुदन किरातीलाई बर्खास्त गरेर कारबाही गर्न माग गरेका हुन् । ८१ प्रतिशत हिन्दु र ९४ प्रतिशत ओमकार परिवार भएको देशका संस्कृतिमन्त्रीको रुपमा आएको उक्त अभिव्यक्ति अस्वीकार्य रहेको भन्दै उनले तत्काल उनलाई पदमुक्त गराउन र कारबाही गर्न माग गरेका हुन् ।

‘मन्त्री पदमा रहेर ‘कृश्चियन धर्म नमान्नेलाई जेलमा कोच्ने’ जस्तो बहुलठ्ठीपूर्ण अभिव्यक्ति दिने, हिन्दू धर्म, हिन्दू संवेदनामाथि अशोभनीय र अमर्यादित टिप्पणी गर्ने प्रचण्ड सरकारका मन्त्री सुदन किराती बर्खास्तका योग्य छन् । यस्तो व्यक्ति ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ओमकार परिवार भएको देशमा कसरी संस्कृतिमन्त्रीको रुपमा निरन्तर र स्विकार्य हुनसक्छन् रु,’ प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘निजलाई पदमुक्त गराउन प्रधानमन्त्री र सत्ता गठबन्धनको ध्यानाकर्षण गराउँदछौं । साथै, सामाजिक सद्भाव बिथोल्ने, साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन बमोजिम कारबाही गरियोस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances