![बालकुमारी प्रदर्शन मृतकको सङ्ख्या २ पुग्यो](https://sagarmatha.tv/wp-content/uploads/2023/12/GCf1aGWa0AEJ4Gr-1-1024x768.webp)
रोजगार अनुमति प्रणाली ईपीएस परीक्षाका विषयलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा मृतकको सङ्खया २ पुगेको छ । बालकुमारीमा भएको झडपमा थप एक जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या २ पुगेको हो । प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी गम्भीर घाइते भएका थप एक जनाको पाटन अस्पतालका क्रममा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि झडपमा परी गम्भीर घाइते भएका एक जनाको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।