जोडिनुहोस
  • होमपेज
  • भाडाको घरमा बसेको बर्षदिनपछि देउवा निजी निवासमा सर्दै,उत्तम साइत निक्लियो

भाडाको घरमा बसेको बर्षदिनपछि देउवा निजी निवासमा सर्दै,उत्तम साइत निक्लियो

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुढानीलकण्ठ स्थित आफ्नो निजी निवास सर्ने भएका छन् ।

उनी यही माघ ४ गते निजी निवासमा सर्न लागेका हुन । देउवा निकट स्रोतका अनुसार,उनी आगामी माघ ४ गते बिहीबार उत्तम साइत निकालेर सर्न लागेका हुन ।

देउवा २०७९ साल पुष १३ गते बुधवार देखि धुम्वाराहीस्थित निजी घरमा भाडामा बस्न थालेका हुन । उनी प्रधानमन्त्रीबाट हटेलगत्तै धुम्वाराहीको भाडाको घरमा सरेका हुन । देउवा हाल बसेको धुम्वाराहीको यो घर संयुक्त राष्ट्रसङ्घका तत्कालीन उपमहासचिव कुलचन्द्र गौतमको निवास हो ।

बुढानीलकण्ठमा रहेको देउवाको निजी निवासमा मर्मतको लागि ३–४ महिना लाग्ने भनेर सुरुमा भनिएपनि देउवा बर्षदिनसम्म आफ्नो घरमा सरेनन् । भाडाको घरमा बस्न थालेको ठ्याक्कै बर्षदिनपछि उनी आफ्नै निवासमा सर्न लागेका हुन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका