नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सकिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकले तीन जना नेतालाई राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा दिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिइएको हो ।उनले भने, ‘राष्ट्रियसभा निर्वाचनका लागि हाम्रो पार्टीले कति सिट संख्या प्राप्त गर्नेछ, कुन प्रदेशमा प्राप्त गर्नेछ र कुन क्लस्टरमा प्राप्त गर्नेछ भन्ने सम्पूर्ण कुराको निर्णय गर्ने सर्वाधिकारसहित सचिवालयले तीन नेतालाई जिम्मा दिएको छ ।’ यसैबीच, प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्षस्थ नेताहरु सहभागी छन् ।