जोडिनुहोस
  • होमपेज
  • नेपालको छैटौँ विकेट पतन, ४७ बलमा १८ रन बनाएर गुल्शन झा आउट

नेपालको छैटौँ विकेट पतन, ४७ बलमा १८ रन बनाएर गुल्शन झा आउट

आईसीसी यू १९ विश्वकप क्रिकेट प्रतियोगितामा अहिले नेपालले पाकिस्तानको सामना गरिरहेको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा जारी खेलमा नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ । खेलमा नेपालले ६ विकेट गुमाएको छ । नेपालका गुल्शन झा ४७ बलमा १८ रन बनाउँदै आउट भए । खेलको ३७ ओभर २ बलमा उनलाई पाकिस्तानका खुबयब खलिलले आउट गरे । आज नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरिएको छ । आजको खेलमा दुई दीपक बोहरा र तिलक भण्डारी छैनन् भने विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ताले मौका पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका