जोडिनुहोस
  • होमपेज
  • कांग्रेस सांसदको प्रस्ताव  गृहिणीलाई पेन्सन दिऔं

कांग्रेस सांसदको प्रस्ताव  गृहिणीलाई पेन्सन दिऔं

नेपाली कांग्रेसकी सांसद कमला पन्तले गृहिणीलाई पेन्सन दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेकी छन् । सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले गृहिणीले घरका अरु सदस्यले भन्दा बढी काम गर्दा पनि मूल्यांकन नभएको बताइन् । ‘के गर्‍या छे र बच्चा हेर्‍या छे बस्या छे, के गर्छे र भात पकाउँछे’ भन्ने गरेको सुनिने पन्त बताउँछिन् । यस्तो मनोविज्ञान चिर्नुपर्ने भन्दै उनले गृहिणीहरुलाई पेन्सन दिनुपर्ने बताएकी हुन् । सांसद पन्तले भनिन्, ‘घरेलु काममा रहेका महिलाहरुलाई पेन्सनको व्यवस्था हुनुपर्‍यो । नोमिनल नै किन नहोस् राज्यले त्यो गृहिणी महिलाहरुलाई पेन्सन दिने व्यवस्था गर्नुपर्‍यो ।’ राष्ट्रिय सरोको समितिमा सोमबार नेपालमा जनसंख्याको अवस्था अनुसार जनसंख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारीबारे छलफल थियो । पूर्व महिला बालबालिका राज्यमन्त्री रहेकी सांसद पन्तले बच्चा जन्माउने उमेरका युवाहरु अध्ययन र रोजगारीका विदेश गएको र उनीहरु विदेशमै बस्ने अवस्थाका कारणले नेपालमा युवा जनशक्ति घट्दै गएको बताइन् । यस्तो अवस्थाले भविष्यमा समेत ठूलो असर पर्न सक्ने उनको चिन्ता छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका