जोडिनुहोस
  • होमपेज
  • खेलकुद क्षेत्रको विकासमा तीनै तहका सरकार लाग्नुपर्छ उपप्रधानमन्त्री खड्का

खेलकुद क्षेत्रको विकासमा तीनै तहका सरकार लाग्नुपर्छ उपप्रधानमन्त्री खड्का

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताएका छन् । बिहीबार ललितपुरमा तेश्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता उद्घाटन गर्दै खड्काले खेलाडीहरूको उत्साहित र प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको विकासका लागि तीनै तह मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

मुलुकको नाम राख्ने खेलाडीहरूको उत्पादन जरुरी रहेकाले खेलाडीहरू लगायत पूर्वाधारको विकासका सरकारले विशेष ध्यान दिने उनले बताए । उनले सरकारको बजेट निर्माणका क्रममा पनि खेल क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने धारणा राखे । नेपाल कराते महासंघको तत्वाधन एवं जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा सुरु प्रतियोगितामा प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब गरी १० टिमका २ सय बढि खेलाडीहरूको सहभागिता रहेको छ । टिम च्याम्पियनले १ लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् भने पुरुष महिलामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances