जोडिनुहोस
  • होमपेज
  • नेपालमा झन्डै २६ प्रतिशत व्यावसायिक प्रतिष्ठान महिलाको नाममा, सबैभन्दा धेरै गण्डकीमा

नेपालमा झन्डै २६ प्रतिशत व्यावसायिक प्रतिष्ठान महिलाको नाममा, सबैभन्दा धेरै गण्डकीमा

नेपालमा झन्डै २६ प्रतिशत व्यावसायिक प्रतिष्ठान महिलाको नाममा रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा कुल चार लाख ९८ हजार ५८ वटा व्यावसायिक प्रतिष्ठानमध्ये २५ दशमलव आठ प्रतिशत महिलाको नाममा रहेको पाइएको हो ।

महिलाको नाममा सबैभन्दा धरै व्यावसायिक प्रतिष्ठान गण्डकी प्रदेशमा रहेको देखिएको छ । गण्डकी प्रदेशमा सञ्चालनमा रहेका ५० हजार पाँच सय ७५ वटा व्यावसायिक प्रतिष्ठानमध्ये ३५ प्रतिशत प्रतिष्ठान प्रतिशत महिलाको नाममा रहेका छन् । सबैभन्दा कम मधेस प्रदेशमा महिलाको नाममा जम्मा १० दशमलव आठ प्रतिशत व्यावसायिक प्रतिष्ठान महिलाको नाममा रहेको अध्ययनमा देखिएको छ ।

यसैबीच नेपालका व्यापारिक प्रतिष्ठानमा ३५ दशमलव ७३ प्रतिशत महिला कार्यरत रहेको देखिएको छ । चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमा ११ लाख ३० हजार छ सय ४५ जना जनशक्ति रहेकोमा ३५ दशमलव ७३ प्रतिशत महिला कार्यरत छन् । सबैभन्दा धेरै कर्णाली प्रदेशमा व्यावसायिक प्रतिष्ठानमा झन्डै ४६ प्रतिशत महिला कार्यरत रहेको देखिएको छ । सबैभन्दा कम मधेस प्रदेशमा व्यवसायिक प्रतिष्ठानमा महिला जनशक्ति जम्मा २३ प्रतिशत रहेको देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help