जोडिनुहोस
  • होमपेज
  • राप्रपा नेताहरुले प्रधानमन्त्रीलाई बुझाए ४० बुँदे मागपत्र

राप्रपा नेताहरुले प्रधानमन्त्रीलाई बुझाए ४० बुँदे मागपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको छ । बुधबारदेखि आन्दोलन थालेको राप्रपाका नेताहरुले सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र बुझाएका हुन् ।

‘देश यस्तो अवस्थामा पुग्यो कि यही सहन सक्दैन । नवीन सम्झौता गरेर देशलाई नयाँ बाटोमा लैजानुपर्यो भनेका छौं’ प्रधानमन्त्रीलाई भेटेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘प्रधानमन्त्रीले सकारात्मक रुपमा लिनु भएको छ ।’

उनका अनुसार राप्रपाले उठाएको राजनीतिक मुद्दामा प्रधानमन्त्री प्रचण्डले ‘सम्भावनाको विषय हो, मेरो कुनै टिप्पणी छैन’ भनेका छन् । तर आफूहरुले भने ४० बुँदेलाई मागको रुपमा मात्र नलिन आग्रह गरेको लिङ्देनले सुनाए । लिङ्देनका अनुसार ४० बुँदे मागलाई लिएर राप्रपाले शान्तिपूर्ण आन्दोलन गर्दै जाने छ । तर आफूहरुको मागलाई बेवास्ता गरे आन्दोलनलाई कठोर बनाउँदै लैजाने उनले बताए । राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘राप्रपाले शान्तिपूर्ण ढंगले प्रदर्शनहरु अगाडि बढाउँदै लैजान्छ तर त्यसलाई उपेक्षा गरियो भने कठोर बन्दै विद्रोहसम्म जान सक्छ ।’ आन्दोलन उत्कर्षमा पुगे प्रदेशसभा मात्र होइन, प्रतिनिधिसभा पनि त्यागेर जाने समेत उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help