जोडिनुहोस
  • होमपेज
  • “समाज डेन्टल हस्पिटलको शाखा अब ललितपुरकाे इमाडाेलमा”

“समाज डेन्टल हस्पिटलको शाखा अब ललितपुरकाे इमाडाेलमा”

समाज डेन्टल हस्पिटलको १० औँ शाखा ललितपुरको इमाडोलमा खुलेको छ । ‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २४ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको १० औँ शाखाले आजदेखि ललितपुरको इमाडोलमा आफ्नो सेवा सुरु गरेको हो ।

समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २४ औँ वार्षिक उत्सवको अवसरमा ललितपुरको इमाडोलमा पनि सेवा दिने हेतुले शाखा बिस्तार गरेको हो ।

शनिवार एक विशेष कार्यक्रम गरी बागमती प्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर श्रेष्ठले सेवाको उद्घाटन गरे । प्रदेश सभा सदस्य श्रेष्ठले आफ्नो क्षेत्रमा समाज डेन्टलले आफ्नो सेवा विस्तार गरेकोमा खुसी व्यक्त गरे। उद्घाटनका दिन सम्पूर्ण सेवाहरूमा ५०% छुट र बाँकी माघ महिना भरि १५% छुट दिने जानकारी हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए ।

प्रबन्धक घिमिरेले मुख स्वस्थ सम्बन्धि जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न सामान्य शुल्कमा आधुनिक उपकरणहरु प्रयोग गरी एउटै छानामुनी विशेषज्ञ चिकित्सक द्वारा गुणस्तरीय उपचार प्रदान गर्न उदेश्य सहित ऐतिहासिक धार्मिक, सांस्कृतिक शहर ललितपुरमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे ।

ललितपुरको इमाडोलमा सेवा शुभारम्भ गर्दै समाज डेण्टल हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले अब यस क्षेत्रमा पनि सुलभ शुल्कमा सबैले दन्त सेवा पाउने र यसरी सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताए ।

समाज डेण्टल हस्पिटलले विगत २४ वर्ष देखि दाँत तथा मुख सम्बन्धी सेवा दिइरहेको छ । हाल नयाँ बानेश्वर,जावलाखेल ललितपुर ,राधेराधे भक्तपुर ,सनसिटि पेप्सिकोला , बसुन्धरा , बौद्ध जोरपाटी ,सितापाईला , कौसल्टार र बनेपा काभ्रेमा संचालित छ । समाज डेन्टलले विगत २४ वर्षदेखि ७० जनाभन्दा बढी विशेषज्ञ डाक्टरसहित दाँत तथा मुखसम्बन्धी उपचार सेवा दिइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help