बिस्का जात्रा नजिकिँदै गर्दा श्रीभैरवनाथको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बिस्का जात्राका लागि विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीन तले श्रीभैरवनाथको रथ निर्माण गरिन्छ । यसपालिको बिस्का जात्रा यही चैत्र २७ गतेदेखि सुरु हुनेछ ।