काठमाडौं । कास्कीको माछापुच्छ्रेमा कुकुरको आक्रमणबाट एउटा चितुवा मरेको छ । शनिवार दिउँसो स्थानीयको बाख्रा खोरमा छिरेको चितुवालाई नियन्त्रणमा लिने क्रममा २ वटा कुकुर छोडिएको थियो ।
सोही कुकुरले आक्रमण गरेर चितुवालाई मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा। रविन कडरियाले बताए । उनका अनसार दुबै कुकुर घाइते भएका छन् । एक्यापको टोली, प्रहरी र जनप्रतिनिधि समेतको रोहबरमा चितुवालाई गाडिने तयारी भइरहेको छ ।