जोडिनुहोस
  • होमपेज
  • सर्लाही प्रहरीद्वारा सात वटा टिपर नियन्त्रणमा

सर्लाही प्रहरीद्वारा सात वटा टिपर नियन्त्रणमा

अबैधरुपमा खोलाबाट बालुवा र गिट्टी उत्खनन गरेर लोडिंग गरिरहेको अवस्थामा सर्लाही प्रहरीले सात वटा टिपर नियन्त्रणमा लिएको छ।

लालबन्दी नगरपालिका १७ स्थित कालिञ्जोर खोलाबाट अबैधरुपमा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले सात वटा टिपर नियन्त्रणमा लिएको हो ।

कालिञ्जोर खोलाबाट अवैधरूपमा उत्खनन गरिरहेको अवस्थामा बिहीबार साँझ उक्त टिपर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

नियन्त्रणमा लिइएका टिपरलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति मलंगवामा पत्राचार गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help