जोडिनुहोस
  • होमपेज
  • रुसी सेनामा कार्यरत नेपाली परिवारको अनसन स्थगित

रुसी सेनामा कार्यरत नेपाली परिवारको अनसन स्थगित

काठमाडौं– रुसी सेनामा रहेका आफन्त फिर्ता ल्याइदेऊ भन्दै आमरण अनसन बसेका परिवारले १७औँ दिनमा अनसन तोडेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट माग पूरा गर्न सरकारले कूटनीतिक प्रयास गर्ने प्रतिबद्धता जनाएपछि उनीहरुले आइतबार अनशन तोडेका हुन् ।

आफन्तको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र सेनामा रहेकाको करार रद्ध गर्न माग गर्दै उनीहरू शान्तिवाटिकामा आमरण अनशनमा रहेका थिए ।

प्रधानमन्त्रीका जनसम्पर्कविज्ञ बुद्धि जिसीलगायत प्रधानमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालयका अधिकारी गएर अनसन तोडाएका थिए ।

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीका अनुसार प्रधानमन्त्रीले पीडित परिवारका माग पूरा गर्न कूटनीतिक प्रयास तीव्र बनाउने प्रतिबद्धता जनाएपछि आमरण अनशन स्थगित गरेको बताइन्  ।

रुसी सेनामा रहेकाहरूले करार रद्ध गरेपछि पनि नेपाल फर्काउन सरकारबाट प्रयास नभएको, मृतकका परिवारलाई क्षतिपूर्तिका लागि प्रभावकारी कूटनीतिक अग्रसरता नदेखाएको भन्दै उनीहरूले माग पूरा गराउन अनशन सुरु गरेका थिए ।

संयोजक भण्डारीका अनुसार हालसम्म रुसमा कार्यरत ६२० मध्ये ३९ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । त्यस्तै, १८ जना मृत्यु भएको भनिएको तर पुष्टि हुन बाँकी रहेको छ । पाँच जना युक्रेनको कब्जामा, ११७ जना घाइते तथा २७२ जना सम्पर्कविहीन छन् ।

रुसी सेनामा करार सम्झौता रद्ध गरेका नौ जना, रुसी राहदानीका लागि आवेदन दिएका ११ जना, रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका १९ जना र बाँकी व्यक्ति सम्पर्कमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका