नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ संशोधन सहितको धारा २५ ९ बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरू बराल प्रमुख रहेका नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् ।
मनोनयन भएका सदस्यहरूमा फुलकुमार लालवाणी मोरङ, मनोहरि तिवारी काठमाडौँ, पद्मबहादुर रावल मुगु, प्रेमलाल महर्जन ललितपुर, देविका नेपाली दाङ, किरण भगत सप्तरी, महेन्द्र काफ्ले तेह्रथुम, निर्मला सुवेदी रौतहट, तपेन्द्रबहादुर शाह अछाम र माधव तिमिल्सिना काठमाडौँ रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।