काठमाडौं( जनता समाजवादी पार्टी नेपाल ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले एकीकृत समाजवादी पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वर्तमान गठबन्धन सरकार ढाल्ने खेलमा आफू नलागेको जवाफ दिएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले यस्तो जवाफ दिएका हुन् ।
उनले एकीकृत समाजवादीसँग मिलेर अहिलेको सरकार ढाल्न खोजेको भन्दै हल्ला गरिएको गुनासो गरे ।
‘एकीकृत समाजवादीसँग मिलेर सरकार ढाल्ल लागेको हल्ला चलइयो । यो गलत छ ।’, उनले भने, ‘अहिलेको सरकारलाई दिएको समर्थन कायम रहन्छ ।’
उनले पार्टी विभाजित भए पनि पहिचान र समावेशिता अन्दोलनलाई आफूले नछाड्ने पनि जवाफ दिए । आफू उक्त आन्दोलनमा अहिले पनि कायमै रहेको तर्क उनले गरे ।
यादवमाथि माधव नेपाललाई प्रधानमन्त्री बनाउने गरी वर्तमान सरकार ढाल्न नेपाली कांग्रेससँग निकटता बढाएको आरोप लागेको थियो ।
उक्त आरोपबीच यादव अमेरिका भ्रमण सकेर फर्किन नपाउँदै अशोक राईसहित ७ जना सांसदहरूले नयाँ दल दर्ता गरिसकेका छन् ।