जोडिनुहोस
  • होमपेज
  • सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गर्ने तरिका गलत भयो; अध्यक्ष नेपाल

सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गर्ने तरिका गलत भयो; अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कैलाश सिरोहियालाई पक्राउ गर्ने तरिका गलत भएको बताएका छन् ।ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले कुनै विषयमा बुझ्न खोजे बोलाएर छलफल गर्न सकिने भए पनि सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गर्ने तरिका गलत भएको बताएका हुन् । अनुचित गरेको छ भने उचित ढंगले सजाय गर्न सकिने भए पनि गम्भीर अपराधी जस्तो पहिले नै गिरफ्तार गर्ने कामलाई परिवर्तन गर्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले बिषय एउटा र तर्साउन खोजेको अर्को भन्ने कुराहरु उठिरहेको भन्दै तर्साएर शासन गर्ने सोचिएको भए गलत भएको धारणा राखे । त्यस्तै उनले अहिले देखिएको राजनीतिक गतिरोध वार्ता र छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिए।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?