जोडिनुहोस
  • होमपेज
  • तनहुँमा भारतीय कार दुर्घटना, ५ जना घाइते

तनहुँमा भारतीय कार दुर्घटना, ५ जना घाइते

तनहुँ । तनहुँमा भारतीय कार दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् । आबुखैरेनी गाएँपालिका–१ सत्रसय स्थित पृथ्वी राजमार्ग खण्डमा डुम्रेतर्फ आउँदै गरेको बीआर ०६ डीएच ८२८१ नम्बरको कार दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार कार अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्न पुगेको थियो । घाइते हुनेहरूमा भारतको बिहार मजसापुर बस्ने २३ वर्षीय सचेन्द्रकुमार, २३ वर्षीय आनन्द कुमार, ३० वर्षीय राजेश कुमार, २५ वर्षीय सुमित कुमार र २४ वर्षीय राज कुमार रहेका छन् ।

घाइतेमध्ये राज कुमार उपचारपछि डिस्चार्ज भएका छन् । अन्य घाइतेहरूको आबुखैरेनी अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका