जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • कांग्रेसले समावेशितालाई ध्यान दिएन, भोट हाल्दिन हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पा

कांग्रेसले समावेशितालाई ध्यान दिएन, भोट हाल्दिन हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पा

आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारी दर्ता भइरहेको छ । अहिले दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेकाहरूले उम्मेदवारी दर्ता गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । १९ जना राष्ट्रिय सभा सदस्यको चुनावका लागि सत्ता गठबन्धनका दलले संयुक्त उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेले एकल रूपमा उम्मेदवारी दिएको छ ।

यसैबीच नेपाली कांग्रेसले उम्मेदवार छनोट गर्दा समावेशितालाई ध्यान नदिएको भन्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले राष्ट्रिय सभाको चुनावमा भोट नहाल्ने घोषणा गर्नुभएको छ । उम्मेदवार छनोटमा समावेशितालाई ख्याल नगरि एउटै व्यक्तिलाई पटक–पटक अवसर दिएको भन्दै उहाँले भोट नहाल्ने घोषणा गर्नुभएको हो । उहाँले नेपाली कांग्रेसबाट चुनाव जित्नुभएको थियो ।

देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीले समेत धेरै जनसङ्ख्या रहेको मधेसी, तामाङ, गुरुङ, शेर्पा, राई, मगर ,ह्योल्मो लगायत अल्पसङ्ख्यक समुदायको एक जना पनि प्रतिनिधित्व नगरेकोप्रति असन्तुष्टि रहेको शेर्पाको भनाइ छ । ‘यस्ता क्रियाकलाप र निर्णयले पार्टीलाई राम्रो सन्देश जाँदैन । अल्पसङ्ख्यक समुदायका जनप्रतिनिधिले तपाईँहरूलाई सधैँ किन भोट हालिरहन पर्ने रु’, उहाँले प्रश्न सोध्नुभएको छ । उहाँले बरु पार्टीको कारबाही भोग्न तयार रहेको तर भोट नहाल्ने पनि अडान लिनुभएको छ । सत्ता गठबन्धनको भागबन्डाअनुसार नेपाली कांग्रेसले १० जना उम्मेदवार पाएको छ । १० जनामा मधेसी मूलका, जनजाति र अल्पसङ्ख्यक समुदायबाट उम्मेदवार छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्