
नयाँ, पुराना तथा स्कुले उदयमान सयौं कलाकारलाई जमघट गराएर आर्ट बुमले भव्य कला प्रदर्शनी गरेको छ ।
विगत ५ वर्षदेखि निरन्तर कला क्षेत्रमा विविध गतिविधि गर्दै आएको यस संस्थाले ३२ जना नेपालका वरिष्ठ, दर्जन युवा कलाकर्मीदेखि ३०० जना नव उदयमान स्कुले विद्यार्थी कलाकारको सृजना समेटिएर कला प्रदर्शनी गरेको हो ।
नेपाल आर्ट काउन्सिल बबरमहलमा आयोजित प्रदर्शनीमा झण्डा कला महोत्सव नाम दिइएको प्रदर्शनीमा हाम्रो झण्डा विषयमा करिब ८ महिनादेखि निरन्तर घरैबसी सृजना गरिएका कलालाई अवलोकनका लागि राखिएको छ ।
वरिष्ठ कलाकार क्याप्टेन विजय लामाले उद्घाटन गरेको प्रदर्शनी असार ९ गतेसम्म जारी रहने छ । आर्ट बुमकी कार्यक्रम संयोजक आर्या राजभण्डारीले राष्ट्र र राष्ट्रियतालाई गर्विलो जगेर्ना गर्ने उदेश्यले आयोजित कला प्रदर्शनीमा नेपाली झण्डाका ४५० वटा विभिन्न सृजना अवलोकन गर्न सकिने बताइन् । कलाकार रञ्जना लालद्धरा कोरिएको मिशिथा सभ्यता कला प्रदर्शनीमा राखिएको छ ।
बरिष्ठ कलाकार रत्न शाक्य, कलाकार श्रद्धा श्रेष्ठ, निरु शाह लगायतले पनि नेपाली झण्डासम्वन्धी तयार पारिएको कलाको महत्वबारे जानकारी दिए । मिथिला सभ्यता सवैभन्दा पुरानो सभ्यता रहेको बताउँदै उनले धर्म कला र संस्कृतीको बृहत विकासमा यस्ता प्रदर्शनीले ठुलो सहयोग गर्ने बताइन् ।
उल्लेखनीय अवलोकनकर्ताको सहभागिताले यस्ता प्रदर्शनीले नेपाली झण्डा, विविध कला संस्कृतीको पहिचान र प्रचारप्रसार पर्यटन प्रर्वधनका लागि ठुलो योगदान पुग्ने आयोजकको विश्वास छ ।

















