जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बजेटपछि ओरालो लाग्यो नेप्से, २३.८१ अंकले घट्यो

बजेटपछि ओरालो लाग्यो नेप्से, २३.८१ अंकले घट्यो

काठमाडौं– आगामी आर्थिक वर्ष २०८१–८१ को बजेटले शेयर बजारमा उत्साह आउन सकेन । मंगलबार संघीय सदनमा अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्दा शेयर बजार सुधार गर्ने ठोस कुरा केहीपनि समेटेनन् ।

त्यसको प्रभाव बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समेत देखिएको छ । बजेट भाषण हुने अघिल्लो दिन अर्थात सोमबार नेप्से उच्चतम् २०८६.८३ विन्दुमा पुगेको थियो । सोमबार बजार बन्द हुँदा समेत नेप्से बढेर २१०० को विन्दु भने कायम रहेको थियो । बजार बन्द हुँदा नेप्से २११३.२४ विन्दु काय गरेको थियो । तर, बजेट आएको दोस्रो दिन नेप्से २३.८१ अंकले घटेको छ । आज प्रि ओपन सेसनमा २० अंकले बढेको नेप्से १.१२ प्रतिशतले घटेर २०८९.४२ विन्दु कायम भएको छ ।
आज ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार १५९ कित्ता शेयर ६३ हजार ८० पटक किनबेच भएको छ । बुधबार ३१४ वटा कम्पनीको शेयर कारोबार हुँदा ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

आज सेन्सेटिभ इन्डेक्स ४.८२ अंकले, फ्लोट इन्डेक्स २.१७ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३६ अंकले घटेको छ । आज समुहमा पनि लगानीकर्ताले धेरै गुमाएका छन् । १३ वटा समूहमध्ये आज सबैभन्दा बढी जीवन बीमा समूहको शेयर घटेको छ । जीवन बीमा समूह आज १३४.६४ अंकले घटेको छ । आज सबैभन्दा बढी उत्पादन समूहको शेयर बढेको छ । उत्पादनमा आज १७०.०१ अंकले बढेको छ ।

१३ समूहमा म्युचअल फण्ड बराबर भएको छ भने अन्य ४ समूहको शेयर भने बढेको छ । ८ समूहको शेयर भने घटेको छ । आज युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, माथिल्लो लोहोर खोला जलविद्युत र भगवती हाइड्रोपावर कम्पनीको शेयरमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका