जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • धनगढीमा भएको आगलागीबाट लाखौँको क्षति, सारथी अस्पतालसहित ८ वटा पसल जलेर नष्ट

धनगढीमा भएको आगलागीबाट लाखौँको क्षति, सारथी अस्पतालसहित ८ वटा पसल जलेर नष्ट

धनगढी उपमहानगरपालिका–१ मुख्य बजारमा रहेको सारथी अस्पताल प्रालि र सँगै जोडिएका पसलमा गएराति आगलागी हुँदा लाखौँ मूल्य बराबरको समान जलेर नष्ट भएको छ । गएराति झन्डै १ बजे लागेको आगो आज बिहान मात्र निभाइएको थियो ।

अस्पतालसँगै रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडको भवनमा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरमा अचानक विद्युत् चुहावट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले जानकारी दिनुभयो । आगो लागेपछि अस्पतालमा भर्ना भएका बिरामीलाई अन्य अस्पतालमा पठाइएको छ।

आगलागीबाट सारथी अस्पतालसहित भण्डारीको भण्डारी जनरल स्टोर, टेकेन्द्र शर्माको मधुमाला बेबी सपगोदाम, वासुदेव भट्टको भट्ट सपिङ सेन्टर, जगतबहादुर बलायरको सुभिक्षा देवी सपिङ सेन्टर, यशोदा साउदको न्यू सदीक्षा इन्टर प्राइजेज, गौरी भण्डारीको भण्डारी सु सेन्टर, जानकी भट्टको भट्ट ट्रेडर्स एण्ड सप्लायर्समा रहेको मालसामान जलेर नष्ट भएको छ।

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र पुनर्वास नगरपालिकाका चारवटा दमकलको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको प्रयासमा आगो निभाइएको छ। आगलागीबाट पुगेको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्