जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • सुरुङमार्गको कामका लागि भोलिदेखि सिस्ने खोला क्षेत्रको सडकमा केही अवरोध हुने

सुरुङमार्गको कामका लागि भोलिदेखि सिस्ने खोला क्षेत्रको सडकमा केही अवरोध हुने

धादिङ सुरुङमार्गको कामका लागि भोलिदेखी त्रिभुवन राजपथको सिस्ने खोला क्षेत्रको सडकमा केही अवरोध हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर भोलिदेखि मङ्सिर ५ गतेसम्म सडक अवरुद्ध हुने जानकारी गराएको हो । कार्यालयका अनुसार हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दुईतर्फ सडक हरेक २० मिनेट खुल्ने र त्यसपछिको २० मिनेट बन्द हुनेछ । ढलान काट्ने कार्य गर्नुपर्ने भएकाले सडकमा गाडी चलाउन रोक लगाइएको हो । एम्बुलेन्सलाई भने रोक नहुने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले निकाल्नुभएको सूचनामा उल्लेख छ ।