जोडिनुहोस
  • होमपेज
  • संसदीय समितिबाट अभिलेख संरक्षण संशोधन विधेयक पारित

संसदीय समितिबाट अभिलेख संरक्षण संशोधन विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित गरेको छ । शुक्रबार बसेको समितिको बैठकले विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।

राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयकको प्रतिवेदन अब प्रतिनिधि सभामा पेस हुनेछ । प्रतिनिधि सभाबाट स्वीकृत भएर पुनः राष्ट्रिय सभामा जान्छ । प्रतिनिधि सभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभा अध्यक्षबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनमा रूपान्तरित भएर कार्यान्वयनमा आउँछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका