![उच्च मूल्यबाट ५ सय घट्यो सुन](https://sagarmatha.tv/wp-content/uploads/2024/06/gold-sun-1024x676-1.jpg)
काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन १ लाख ४२ हजार ७ सय रुपैयाँ थियो । अघिल्लो दिनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा कायम भएको छ ।