जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • विस्फोटक पदार्थ लिएर हिंडेका २ युवक पक्राउ

विस्फोटक पदार्थ लिएर हिंडेका २ युवक पक्राउ

काठमाडौं । विस्फोटक पदार्थ लिएर हिँडेको आरोपमा दुई युवकलाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा खाँदबारी नगरपालिका–९ तुम्लिङटारका २७ वर्षीय विकास कुमाल र सोही ठाउँका २७ वर्षकै वसन्त कुमाल छन् । सोमबार बिहान साढे ९ बजे उनीहरुलाई अस्थायी प्रहरी पोस्ट सभाखोलाले पक्राउ गरेको हो ।

तुम्लिङटारबाट मोटरसाइकलमा लेगुवातर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई विस्फोटक पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्सपेक्टर रामकुमार लामिछानेले बताए ।

को १७ प ११८७ नम्बरको पल्सर मोटरसाइकलमा सवार उनीहरुबाट डेटोनेटर, इमल्सन एक्सप्लोसिभ लेखिएको विस्फोटक पदार्थ २ सय ग्राम, निओजल, कालो बारुद बरामद भएको लामिछानेले बताए ।

उनीहरु विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरले अनुसन्धान अघि बढाएको छ । मुलुकी फौजदारी अपराध संहिताको विस्फोटक पदार्थ सम्बन्धी कसुरमा संखुवासभा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका