शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ९३ अङ्कले घटेर २ हजार ७७ दशमलव ७८ विन्दुमा झरेको छ । आज होटल, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, उत्पादन, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज माई खोला हाइड्रोपावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज तीन सय २२ वटा कम्पनीका ८८ लाख १३ हजार कित्ता शेयर ४ अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।