![कोशी सरकारको नीति तथा कार्यक्रम पारित](https://sagarmatha.tv/wp-content/uploads/2024/06/koshi.jpg)
कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबारको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले नीति तथा कार्यक्रम पास भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका हुन् । आइतबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले नीति तथा कार्यक्रम पेश गरेका थिए । दुई दिनको छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबारको बैठकमा जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गरेको हो ।