जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • ८ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ८ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • १0 मिनेटutes अगाडि
Análises dos Top Casinos Legais em Portugal ️ Inventário 2025
  • ११ मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • १३ मिनेटutes अगाडि
  • होमपेज
  • फ्रान्सेली विदेश मन्त्री ब्यारोट एकता भ्रमणका लागि युक्रेनमा

फ्रान्सेली विदेश मन्त्री ब्यारोट एकता भ्रमणका लागि युक्रेनमा

फ्रान्सेली विदेश मन्त्री जीन–नोएल ब्यारोट युक्रेनका लागि फ्रान्सको समर्थन व्यक्त गर्ने दुई दिने युक्रेन भ्रमणका लागि शनिबार किभ पुगेका छन् । फ्रान्सेली विदेश मन्त्री ब्यारोट किएभमा रहदा समकक्षी एन्ड्री सिबिगा लगायतका व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । फ्रान्सको इन्टर पब्लिक रेडियोमा शुक्रबार बोल्दै विदेश मन्त्री ब्यारोटले भ्रमणको उद्देश्य फ्रान्स कुनै पनि संकटबाट पछि हट्ने छैन भन्ने प्रतिवद्धतासहित युक्रेनको जोखिममा सुरक्षा, खाद्य र ऊर्जा लगायतका विषयमा सययात्रा जनाउनु रहेको उल्लेख गरेका छन्।

उनले यस अघि रूसद्वारा अपहरण गरिएका युक्रेनी बालबालिकाको विषयमा पनि छलफल गर्ने बताएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेन , जर्मनी, फ्रान्स र बेलायतका नेताहरूले ‘न्यायपूर्ण र स्थायी शान्ति सुरक्षित गर्ने प्रयासमा युक्रेनलाई समर्थन जारी राख्ने’ संकल्प शुक्रबार व्यक्त गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी सहयोगीहरूलाई ‘विजय योजना’ प्रस्तुत गरेको केही दिनपछि ब्यारोटको युक्रेन भ्रमण भएको हो ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो पहललाई बढावा दिन वासिङ्टन, पेरिस, बर्लिन, रोम र लन्डनको यात्रा गरिसकेता पनि अझै पूर्ण समर्थन प्राप्त भइसकेको छैन ।